सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरधाममा

832
shares

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आइपुगेका छन् । शाह हिजो (आइतबार) बेलुकी जनकपुरधाम आइपुगेका हुन् ।

पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे जनकपुरधाम आइपुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत मूल समारोह समिति धनुषाका संयोजक श्रवणकुमार झाले जानकारी दिए । उनीसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि जनकपुरधाम आइपुगेकी छन् ।

पूर्वराजा शाह र पूर्वरानीले आज दिउँसो ३ बजे जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको संयोजक झाले जानकारी दिए । उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ ।

केही दिन अघि रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभामा सहभागी हुन काठमाडौंका निवर्तमान मेयर बालेन्द्र साह (बालेन), रवि लामिछाने लगायतका नेताहरु बसेको होटेलमा पूर्वराजाका छोरा पारस शाह समेत बास बसेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports