सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्र सरकारबाट बाहिरिनेछ : अध्यक्ष दाहाल

585
shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् ।

अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको पत्र सार्वजनिक भएको भन्दै प्रचण्ड रुष्ट बनेका छन् ।प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारीअनुसार आज (आइतबार) विहान प्रचण्डले प्रधानमन्त्री देउवालाई फोन गरेर आफूले सरकारमा सहभगाी मन्त्रीहरुलाई फिर्ता बोलाउन लागेको जानकारी दिएका थिए ।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईँ एमसीसी जसरी पनि पारित गराउनेगरि लाग्नुभयो, अमेरिकाले पनि दबाब दिने रणनीति बनायो । हामीले अमेरिकालाई लेखेको पत्र यसरी अहिलेको समयमा सार्वजनिक गर्नु गलत हो ।’प्रचण्डले आफू र प्रधानमन्त्री देउवासँग अहिले एमसीसी पारित नगर्ने समझदारी भएको अवस्थामा एकाएक यसरी पत्रहरु सार्वजनिक गरिनु गलत भएको पनि आफू निकट नेताहरुसँग गुनासो पोखेका छन् । प्रधानमन्त्री देउवासँगको फोनवार्तामा प्रचण्डले आफू पाँच दलीय गठबन्धन भने तोड्ने पक्षमा नरहेको जनाएका थिए ।

उनले प्रधानमन्त्री देउवालाई भनेका थिए,‘यदि तपाईँलाई एमसीसी पास गराउनैपर्ने अप्ठ्यारो छ भने तपाईँ एमालेको सहयोग लिने हो भने पनि लिनुहोस, तर हामी सरकारमा रहँदैनौं । एमसीसी पारित गर्ने पक्षमा छैनौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports