kumari
stcnepal

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ५७ अंकले घटेर २,८३६ दशमलव १७ को विन्दुमा कायम भएको छ । ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २५ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४९ रुपैयाँ कायम भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २४ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

 

footer