सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष केपी ओलीका पिता मोहन प्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि

1.17K
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् ।

मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए ।

मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उनी झापा गएका थिएनन् । त्यसअघिसम्म उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports