सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज राती पश्चिम नेपालबाट भित्रिदैछ पानी पर्ने प्रणाली, सर्तक रहन गृह मन्त्रालयको आग्रह

884
shares

पश्चिम नेपालबाट पानी पार्ने प्रणाली भित्रिँदैछ।

बिहीबार राति सुदूरपश्चिमबाट पानी पार्ने प्रणाली नेपाल भित्रने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले जानकारी दिइन्।अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ। यसले केही दिनयता मधेस बाहेकका प्रदेशका एक-दुई ठाउँमा पानी परेको थियो।

रातिदेखि भित्रने प्रणालीले भने देशैभरि पानी पार्न सक्ने मौसमविद् महर्जनले जानकारी दिइन्। बिहीबार त्यसको असर पश्चिमी भूभागमा मात्रै देखिने उनले बताइन्।’त्यहाँबाट मध्य हुँदै पूर्वी नेपालतर्फ यो प्रणाली सर्नेछ। आजै राति कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ,’ उनले भनिन्।भोलि दिउँसोदेखि भने देशैभरि मौसम बदली हुने उनले बताइन्।

यो प्रणालीको प्रभावले शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिमका धेरै स्थान, गण्डकी, लुम्बिनी, कोशीका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित असिना हावाहुरी र मध्यम वर्षाको सम्भावना रहेको मौसमविद महर्जनले बताइन्।शुक्रबार नै कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको उनले बताइन्।’यो प्रणालीको प्रभाव शनिबारसम्म देखिन्छ। शनिबार रातिबाट क्रमिक रूपमा सुधार हुँदै जान्छ,’ उनले भनिन्।

काठमाडौंमा पनि यसको प्रभाव सामान्य हुन सक्नेछ। शुक्रबार दिउँसो पानी पर्ने सम्भावना छ भने काठमाडौंको मौसम शनिबारसम्म प्रभावित हुन सक्ने उनले बताएकी छन्।मौसमविद् विनोद पोखरेलले पनि पश्चिम नेपालबाट वर्षा भित्रने बताएका छन्।’शुक्रबार र शनिबार केही ठाउँमा मेघगर्जन, चट्याङ, असिनासहित भारी वर्षा पनि हुन सक्छ। काठमाडौं र मधेस प्रदेशमा पनि वर्षाको राम्रो सम्भावना छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।गृह मन्त्रालयले पनि शुक्रबार र शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

‘काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरू बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी बिस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयलये सूचना जारी गर्दै भनेको छ।मन्त्रालयले हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रूख, टेलिफोन र बिजुलीको खम्बा तथा तारमुनि नबस्न पनि आग्रह गरेको छ।

‘बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, त्यो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गर्दछौं,’ मन्त्रालयले भनेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports