विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इंग्ल्यान्डलाई २-१ हराउदैँ अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

130
shares

अमेरिकाको एटलान्टामा भएको नाटकीय सेमिफाइनलमा अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै इंग्ल्यान्डको विश्वकप जित्ने सपना फेरि एकपटक चकनाचुर पारिदिएको छ। खेलको अन्त्यतिर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेपछि इंग्ल्यान्ड मर्माहत बन्न पुग्यो।

इंग्ल्यान्ड ६० वर्षपछि पहिलो पटक फाइनल पुग्ने लक्ष्यको निकै नजिक पुगेको थियो।दोस्रो हाफको सुरुवातमै एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेल सकिन ५ मिनेट बाँकी छँदा एन्जो फर्नान्डेज र इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गरेपछि खेलको पासा पल्टियो।अर्जेन्टिना अब सातौँ पटक विश्वकपको फाइनल खेल्दै लगातार दोस्रो पटक विश्व विजेता बन्ने संघारमा पुगेको छ।

विश्व फुटबलका दुई कट्टर प्रतिद्वन्द्वीबीचको यो खेल निकै आक्रामक र प्रतिस्पर्धात्मक रह्यो। खेलको पहिलो ३३ मिनेटसम्म दुवै टोलीले गोलका लागि कुनै ठोस अवसर सिर्जना गर्न सकेका थिएनन्। दोस्रो हाफको सुरुमा अर्जेन्टिनाका जुलियन अल्भारेजको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफर्डले उत्कृष्ट बचाउ गरे।

खेलको ५५औँ मिनेटमा मोर्गन रोजर्सको सटिक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। गोलपछि इंग्ल्यान्ड रक्षात्मक बन्न पुग्यो भने अर्जेन्टिनाले लगातार दबाब बढाउँदै लग्यो। म्याक एलिस्टरको हेडर पोस्टमा ठोकिनु र निको गोन्जालेजको प्रहार पिकफर्डले बचाउनुले इंग्ल्यान्डको भाग्य बलियो देखिएको थियो।

तर, ८५औँ मिनेटमा लियोनेल मेसीको पासमा एन्जो फर्नान्डेजले २० यार्ड टाढाबाट एउटा शक्तिशाली र सानदार गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि इन्जुरी टाइममा मेसीकै क्रसलाई सदुपयोग गर्दै मार्टिनेजले गोल गरेपछि इंग्ल्यान्डको मुटु टुट्यो र अर्जेन्टिनाको फाइनल यात्रा तय भयो।यस जितसँगै अर्जेन्टिनाले विश्वकप सेमिफाइनलमा आफ्नो अपराजित यात्रा (६ मा ६ जित) कायम राखेको छ।

कप्तान लिओनल मेसीले गोल नगरे पनि उनका दुईवटा महत्वपूर्ण ‘असिस्ट’ खेलको निर्णायक मोड बने। खेल सकिएपछि मैदानमा भावुक दृश्य देखियो— मेसीका आँखामा खुसीका आँसु थिए भने इंग्ल्यान्डका खेलाडीहरू हारको पीडाले छटपटाइरहेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports