विश्वकप क्वालिफायरको प्लेअफ डिसेम्बर ४ देखी २१ सम्म नेपालमा हुने, कुन-कुन टिमले प्लेअफ खेल्छन ?
वि.सं.२०८३ कात्तिक ५ बिहीवार १०:४५
shares

काठमाडौँ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले नेपाली क्रिकेटप्रेमीलाई अर्को सुखद खबर सुनाएको छ। नेपालले आईसीसी मेन्स सीडब्ल्यूसी क्वालिफायर प्लेअफ्स आयोजना गर्ने भएको छ ।
क्यानको आधिकारिक पोस्टअनुसार यो प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुनेछ । रातिको स्टेडियम, आतिशबाजी र उत्साहित दर्शकहरूको तस्बिरसहितको पोस्टर सार्वजनिक गरिएको हो ।आईसीसी सीडब्ल्यूसी क्वालिफायर प्लेअफ नेपालका लागि निकै महत्त्वपूर्ण छ । यो २०२७ को आईसीसी मेन्स क्रिकेट विश्वकपको ढोका खोल्नसक्ने प्रतियोगिता हो ।
यस प्रतियोगितामा ८ टिम सहभागी हुनेछ्न् । यसबाट शीर्ष ४ टिम अगाडि बढेर मुख्य आईसीसी मेन्स क्रिकेट विश्वकप क्वालिफायरमा पुग्छन् । लिग २ का तल्लो ४ टिम (नेपाल, क्यानडा, युएई र नामिबियारओमानमध्ये जो बाँकी रहन्छ) र विश्वकप च्यालेन्ज लिग (तेस्रो तहको लिग) का शीर्ष ४ टिमपणले अफमा भिड्नेछन् ।नेपाल लिग २ मा शीर्ष ४ मा पर्न नसकेपछि सिधै क्वालिफायरमा जान पाएन । अब यो प्लेअफमा राम्रो प्रदर्शन गरेर शीर्ष ४ मा परेमा मुख्य क्वालिफायरमा जान सक्छ । त्यहाँबाट विश्वकपको टिकट काट्न सकिन्छ। यो प्रतियोगिता होम ग्राउन्डमा हुनु भएकाले नेपालका लागि ठूलो फाइदा हो ।
यसले लिग २ र च्यालेन्ज लिगबीच प्रमोसन–रेलिगेसन पनि निर्धारण गर्छ । डिसेम्बर ४ देखि २१ सम्म चल्ने भएकाले लगभग १८ दिनको लामो प्रतियोगिता हुनेछ ।






































