२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टिका लगाईमाग्ने पश्चिम फर्किने र टिका लगाइदिने व्यक्ति पूर्व फर्किनु पर्ने

130
shares

काठमाडौं, कात्तिक ४ । बडादशैंको मुख्य दिन आज मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ। समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट तोकेको छ।

दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम फर्किने र लगाइदिने व्यक्ति पूर्व फर्किने परम्परा रहेको समितिले जनाएको छ। धार्मिक मान्यताअनुसार दक्षिण फर्किएर पितृकर्म गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन।

धार्मिक परम्पराअनुसार देवी विसर्जन गरेपछि टीका लगाउने क्रम सुरु हुन्छ। सुरुमा कुलदेवता र पितृदेवतालाई टीका चढाउने चलन छ। त्यसपछि कलशमा राखिएको पवित्र जलले अभिषेक गरी इष्टदेवता र कुलदेवतालाई सम्झेर जमरा काट्ने गरिन्छ। कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाउने परम्परासमेत छ।गुरुपुरोहितबाट पूजा गराउने परम्परा भएका घरमा उहाँहरूबाट र अन्य अवस्थामा घरका मान्यजनबाट टीका र जमरा लगाउने चलन छ। त्यसपछि परिवारका अन्य सदस्य तथा मान्यजनबाट टीका ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उत्तम साइत खोज्नेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय निर्धारण गरेको हो। तर टाढा जानुपर्ने वा अन्य बाध्यताका कारण तोकिएको साइतमा टीका लगाउन नसक्नेहरूले दुविधा लिन आवश्यक नरहेको समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईले बताउनुभयो।उहाँका अनुसार परम्पराअनुसार बिहान घाम झुल्किएपछि मान्यजनबाट टीका ग्रहण गर्न सकिन्छ। टीकाको साइत गुज्रिए पनि मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्न कुनै बाधा नपर्ने उहाँको भनाइ छ।

दशैंको टीका केवल शुभ साइतमा सीमित नभई अग्रजबाट आशीर्वाद लिने, परिवारका सदस्यबीच भेटघाट गर्ने र आपसी सद्भाव तथा आत्मीयता बढाउने अवसर पनि हो। त्यसैले साइतको अनावश्यक चिन्ता नगरी परम्पराअनुसार टीका र जमरा ग्रहण गर्न सकिने संस्कृतिविद्हरूको भनाइ छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports