स्वीकृत दरभन्दा सस्तोमा टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरू सहमत : प्रधानमन्त्री कार्यालय
वि.सं.२०८३ असोज २२ बिहीवार १७:५०
shares

काठमाडौं । आसन्न चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढाइएको गुनासो बढेपछि नागरकि उड्डयन प्राधिकरणले आज वायुसेवा कम्पनीहरूसहितको बैठक राखेको छ । उक्त बैठकमा स्वीकृत दरभन्दा सस्तोमा टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरू सहमत भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
नेपालमा आन्तरिक हवाइ सेवाको न्यूनतमदेखि अधिकतम भाडादर तत्कालीन पर्यटनमन्त्री स्तरीय निर्णयअनुसार २०७२ साल मंसिर २७ गते निर्धारण गरिएको थियो। सोही स्वीकृत दरलाई आधार मान्दै वायुसेवा कम्पनीहरूले चाडपर्वको समयमा यात्रुलाई सहुलियत दरमा सेवा दिन सहमति जनाएका छन् ।




































