आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १०:५९
shares

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७४ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६७५ रुपैयाँमा कायम भएको छ ।


































