विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज आइतबार झन्डै १ डिग्री बढ्यो काठमाडौं उपत्यकाको न्यूनतम तापमक्रम

299
shares

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज आइतबार मंसिर १३ गते बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलले  दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस देखिएको हो।

हिजो शनिबार यो बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस देखिएको थियो भने पछि अन्तिम मापनका बेला (बिहान ८:४५ बजे) ८.२ डिग्री सेल्सियस कायम भएको थियो।आजको पनि वास्तविक एवं आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यसबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुमा देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।

मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश खुला रहँदा घट्छ।मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ। मूलत: हाल दिनप्रतिदिन देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports