२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतका विदेश सचिव विक्रम मिश्री आज दुई दिने भ्रमणका नेपाल आउँदै

273
shares

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणका एजेन्डा तय गर्न उनी नेपाल आउन लागेका हुन् ।परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्रीले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

“भ्रमणका क्रममा, नेपालका परराष्ट्र सचिवले भारतका विदेश सचिवसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । दुई देशबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ, दुवै पक्षले नेपाल–भारत सम्बन्धका विविध आयामहरूको समीक्षा गर्नुका साथै आपसी हितका विषयहरूमा विचार आदान–प्रदान गर्नेछन्,” परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

भारतका विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । भारतका विदेश सचिव मिश्री कात्तिक १९ गते स्वदेश फर्किने छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports