दानबहादुर कार्कीको रिट निवेदन सर्बोच्चमा दर्ता हुने नहुने आज निर्णय हुने
वि.सं.२०८३ कात्तिक २० शुक्रवार ०८:१९
shares

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।
बिहीबार पेस भएको रिट अध्ययनकै क्रममा रहेको भन्दै बिहीबार दर्ता भएको थिएन । उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय आज हुने सर्वोच्च अदालतले जनाएको छ ।
सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । रिट आज दर्ता भयो भने पनि सुनुवाइ भने तिहारपछि मात्रै हुने देखिएको छ ।



































