२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इजरायलमा नयाँ प्रधानमन्त्रीको घोषणा आज, नेतान्याहुले सत्ता गुमाउन सक्ने

286
shares

इजरायलका राष्ट्रपति इसाक हर्जोगले आज देशको नयाँ प्रधानमन्त्री घोषणा गर्दै छन्।

इजरायलमा सरकार बनाउन ६१ सांसदको समर्थन चाहिन्छ।विपक्षी गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ।

वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई केवल ४६ सांसदको समर्थन छ।त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका नदिने विश्वास गरिएको छ।

इजरायलमा कुनै पनि दलले कहिल्यै बहुमत प्राप्त गरेका छैनन्। यसैले तहाँ सधैँ गठबन्धन सरकार बन्ने गरेका छन्।राष्ट्रपति हर्जोगले बिहीबार संसद्‌मा निर्वाचित सबै दलका नेतासँग वार्ता गरेका थिए।त्यसपछि उनले भनेका छन्, ‘पहिलो नजरमा सांसदहरूको विचार स्पष्ट देखिए पनि धेरै मुद्दामा विभिन्न राजनीतिक गुटमा असहमति छ।’

उनका अनुसार दलहरूबिच एकअर्काप्रति पनि आपत्ति छ। त्यसैले सरकार गठनको निर्णय सांसदहरूको सिफारिसका आधारमा मात्र गर्न सकिँदैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports