एनपीएल : आज शनिबार काठमाडौ गोर्खाज र लुम्बिनी लायन्स बीच खेल हुने
वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:३८
shares

काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैछ ।
साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा काठमान्डु गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सको सामना गर्दैछ ।लुम्बिनी ७ अंकका साथ शीर्ष स्थानमा छ भने काठमान्डु ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।
लुम्बिनी अपराजित छ । ४ खेलमा ३ मा विजयी भएको छ भने एक खेल रद्द हुँदा अंक बाँडेको छ । काठमान्डुले ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा पराजित भएको छ ।



































