विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२०८२ को भाद्र २४ गतेको बारेमा राज्य-संयन्त्रले साथ नदिएको अध्यक्ष ओलीले खुलाए रहस्य

650
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राज्य संयन्त्रले आफूलाई साथ नदिएको गुनासो गरेका छन् ।

बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्न सक्छ भन्दै उनले त्यसबेलाको परिस्थितिबारे बोलेका हुन् ।‘भदौ २४ गते राज्य संयन्त्रले साथ दिएन,’ अध्यक्ष ओलीले भने, ‘राज्य संयन्त्रले साथ नदिएपछि प्राइममिनिस्टरले के गर्छ ?’

उनले त्यसपछि गठन भएको सरकारका लागि आफूले कुनै सिफारिस नगरेको पनि स्पष्ट पारे ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आफूले प्रधानमन्त्री नियुक्तिका लागि सिफारिस गरेको भन्ने प्रचार झुटो भएको उनले बताए ।‘केपी ओलीको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त, संसद् विघटन भनेर झुट बोल्ने काम भयो,’ अध्यक्ष ओलीले भने ।

ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसको तीन दिनपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।त्यतिबेला आफूले राष्ट्रपतिलाई संविधानभित्रैबाट राजनीतिक निकास खोज्न आग्रह गरेको ओलीले सुनाए ।‘एउटा कुरा स्पष्ट हुनुस्, मैले संविधान मिच्नुहुँदैन भनेर राष्ट्रपतिलाई भनेको छु,’ उनले भने, ‘संविधानभित्रबाट समाधान खोज्न भनेको हुँ ।’

उनका अनुसार राष्ट्रपति पौडेल र तत्कालीन प्रधानसेनापति अशोक सिग्देलले संविधानको धारा खुलाइदिन आग्रह गरेका थिए । राष्ट्रपति र सेनापतिले संविधानको धारा खुलाइदिनुस् भन्नुभयो, भए पो धारा लेख्नु,’ ओलीले भने । संविधानमा त्यस्तो नियुक्तिको व्यवस्था नभएको उनको भनाइ थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports