विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल पत्रकार महासङ्घको दोस्रो चरणको आन्दोलन घोषणा, राजनितिक दलका कार्यालयमा धर्ना सहितका कार्यक्रम सार्वजनिक

585
shares

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्‍याउनेमाथि कारबाही नभएको महासंघको आरोप छ ।

त्यस्तै, गोरखापत्र लगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारणका रूपमा उल्लेख गरेको छ ।महासंघले पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भए पनि सरकारले आफ्ना मागलाई बेवास्ता गरेको जनाएको छ ।

सरकारमाथि थप दबाब सिर्जना गर्न र संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आफ्ना मागप्रति सहमत गराउन दोस्रो चरणको आन्दोलन घोषणा गरिएको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा एक घण्टा धर्ना दिइनेछ । उक्त दिन ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म धर्ना दिइने महासंघले जनाएको छ ।

त्यस्तै, मंसिर १४ गते प्रमुख विपक्षी दल नेपाली कांग्रेसको कार्यालयमा ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : प्रमुख विपक्षी दल किन मौन ?’ भन्ने नारासहित धर्ना दिइनेछ ।मंसिर १५ गते नेकपा (एमाले) मंसिर १६ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मंसिर १७ गते श्रम संस्कृति पार्टी र मंसिर १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने महासंघले जनाएको छ ।

महासंघका अनुसार जिल्ला शाखाले जिल्ला समिति, प्रदेश समितिले प्रदेश समिति तथा काठमाडौं उपत्यकाका जिल्ला शाखा, प्रदेश समिति र केन्द्रीय समितिले केन्द्रीय कार्यालयमा बिहान ११ देखि १२ बजेसम्म कार्यक्रम सञ्चालन गर्नेछन् ।महासंघले कुनै पनि राजनीतिक दलले आफ्ना मागप्रति लिखित ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरेमा उक्त दलको कार्यालयमा धर्ना नदिने स्पष्ट पारेको छ ।

यस अवधिमा पनि माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासंघले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports