विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी आज ससदमा टेबल हुने छलफल १२ गते पछि

819
shares

 

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन । नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले असहमति राखेका थिए ।
एमसीसी सम्झौतासँगै आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको लोकसेवा आयोगसम्बन्धी विधेयक पनि पेश हुने उनले जानकारी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports