प्रधानमन्त्रीको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी
वि.सं.२०८३ मंसिर ५ शनिवार १८:४९
shares

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ।
प्रधानमन्त्री शाहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका मुख्य सडक तथा विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झन्डा फहराएर स्वागतको वातावरण तयार पारिएको हो।
प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। नेपाल र भारतका झन्डाले सजिएका दिल्लीका सडकहरूले उनको भ्रमणलाई भारतले विशेष महत्त्वका साथ लिएको सङ्केत गरेको छ।
दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफल सम्पन्न गरी उनी सोमबार स्वदेश फर्किनेछन्।
नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको यस राजकीय भ्रमणका क्रममा हुने भेटवार्ताले दुई देशबिचको आपसी सम्बन्ध, सहकार्य र आगामी समझदारीका विषयमा ठोस छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।


































