पोखरामा आज दिउँसो भारी असिनासहितको बर्षा
वि.सं.२०७८ फागुन ८ आइतवार १६:२२
shares

कास्की । आज दिउँसो पोखरामा असिना पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण विनाबादलको असिना पानी परेको हो ।
असिनाका कारण सडक जाम भएको छ भने पोखरा विमानस्थलसमेत बन्द भएको छ । असिनाका कारण बाटो बन्द भएकोले इन्द्रचोक, महेद्रपुललगायत क्षेत्रमा असिना हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आज बिहान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको थियो ।



































