सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपाल संगठन बिस्तारमा सक्रिय

533
shares

राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिएको छ । सो पार्टीले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई अघि बढाउने रणनीति  गरेको छ ।

राप्रपा नेपालले कास्की जिल्ला कार्यसमिति गठन गरेको छ । कास्कीका शिव कुमार बाँस्तोलाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो । सदस्यहरुमा सूर्य प्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्र कुमारी शाही, चिना दुवाडी, सागर क्षेत्री, टुक बहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्णुराज बाँस्तोला र कृष्ण प्रसाद बाँस्तोला रहेका छन् ।

यस्तै लिलाधर गौतम, दिपक सुनार, अनुज अधिकारी हमाल, बीर बहादुर तामाङ, टिकीसरा गर्वुजा तामाङ, स्वीटी के।सी। सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेक बहादुर जलरी, रोशन पौडेल, सजग तिवारी, सुनिल बाँस्तोला र छविलाल लामिछाने पनि सदस्य रहेका छन् ।

यस्तै बाँके जिल्लाको संयोजकमा दिपेन्द्र बहादुर सिंह, हुम्ला जिल्लाको संयोजकमा सुमन रावत तथा चितवनको जिल्ला संयोजकमा विष्णु खराललाई तोकिएको छ । अन्य जिल्लामा पनि चाँडै जिल्ला कार्य समिति निर्माण गर्ने राप्रपा नेपालका नेता राजाराम बर्तौलाले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports