नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल बारको चुनाव एमाले बिरूध सत्ता गठबन्धनको भागबण्डा

585
shares

नेपाल बार एशोसिएशनको निर्वाचनमा नेकपा एमाले विरुद्ध सत्ता गठबन्धनका वकिलहरु मिलेर लड्ने भएका छन् । नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) को नेतृत्वमा गठबन्धन चुनावमा जाने भएको हो ।

बार नेतृत्वका लागि आज सोमबार उम्मेदवारी मनोनयन हुँदैछ । गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टी निकट वकिलहरु समावेश छन् ।शनिबार र आइतबार भएको गठबन्धन निकट वकिलका संगठनहरुको बैठकले सत्ता गठबन्धन मिलेर लड्ने समझदारी गरे पनि अझै छलफल बाँकी रहेको नेकपा एस निकट कानून व्यवसायी बाट वार्तामा सहभागी अधिवक्ता डेकेन्द्र सुवेदीले नेपाल प्रेसलाई बताए ।

अध्यक्षमा डिएलएका सुनिल पोखरेल र गोपालकृष्ण घिमिरे मध्ये एकजनालाई अघि बढाउने तयारी छ । महासचिवमा माओवादी निकट दिनमणी पोखरेलको नाम आएको छ । पोखरेलले भने गठबन्धन मिलेर जाने सैद्धान्तिक सहमति भए पनि टुंगो लागि नसकेको बताए । स्रोतका अनुसार अध्यक्ष सहित १५ सिट कांग्रेसले र महासचिव सहित १० सिट गठबन्धनका अन्य दल निकट कानून व्यवसायीले भागबण्डा गर्ने सहमति भइसकेको छ ।

यसअघि गठबन्धन बाट माओवादी आवद्ध रमण श्रेष्ठ अध्यक्ष बनाउन लबिङ भए पनि डिएलएले अरुलाई नेतृत्व नदिने अडान लिएपछि श्रेष्ठको नाममा सहमति भएन । श्रेष्ठ भने असन्तुष्ट बनेर नेकपा एमाले निकट पीपीएलएका नेताहरु सँग संवादमा जुटेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports