सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भक्तपुरमा पनि भेटियो बडॅफ्लु

468
shares

भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका-१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।

ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको हो । प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखापरेको हो । जिल्लामा बर्डफ्लू भेटिएको पुष्टि भए सँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले बर्डफ्लू भेटिएका फार्मका पक्षी र पक्षीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माका अनुसार समितिले सूर्यविनायक-१० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्म सँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्याङ्की जाने बाटोको चार किला भित्रको पक्षी तथा पक्षीजन्य वस्तुहरु दाना, सुली, अण्डा लगायत वस्तुहरु नष्ट गर्ने निर्णय गरेको छ ।

यस्तै, भक्तपुर लगायत काठमाडौं उपत्यका भित्रिने नाकाका साथै स्थानीय स्तरमा पनि पशु सेवा विज्ञ केन्द्र ललितपुर, पशु सेवा विभाग, स्थानीय तहको सहकार्य र समन्वयमा पक्षी, पक्षीजन्य वस्तुहरू ओसार पोशारमा निगरानी बढाउने निर्णय पनि समितिले गरेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports