सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय प्रसारण नियमावली प्रति नेपाल पत्रकार महासंघको आपत्ति

442
shares

काठमाडौँ । राजपत्रमा प्रकाशित राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली २०७८ का केही प्रावधानप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नियमावलीमा ‘अनलाइन टेलिभिजन ( इन्टरनेट टिभी)भन्नाले इन्टरनेटमार्फत आफैँले उत्पादन गरी नियमित रूपमा श्रव्य–दृश्य कार्यक्रम प्रसारण गर्ने कार्य सम्झनु पर्छ’ भन्ने उल्लेख छ । यो अस्पष्ट व्याख्याले इन्टरनेटको प्लेटफर्ममार्फत आफ्नो अभिव्यक्ति दिन चाहनेहरूलाई निरुत्साहित र नियन्त्रण गर्ने खतरा देखा परेको महासंघको ठहर छ ।

 

महासचिव रोशन पुरीद्वारा  आज जारी विज्ञप्तिमा भनिएको छ – इन्टरनेट प्लेटफर्मको सदुपयोग गर्न नागरिकलाई प्रोत्साहन गर्ने, त्यसरी उपयोग गर्दा स्वनियमनका लागि प्रेरित गर्ने र इन्टरनेटमार्फत ज्ञान र जानकारी हासिल गर्न सहजीकरण गर्ने दायित्व राज्यको हुनुपर्दछ । समाजिक सञ्जालमार्फत व्यक्त विकृत सामग्रीलाई निरुत्साहित गर्दै स्वनियमन र आवश्यक परे सकारात्मक ढंगको नियमनका व्यवस्था गर्ने चाहना राख्नु स्वाभाविक र सकारात्मक हुँदाहुँदै पनि संशोधनमा उल्लेखित सो अस्पष्ट व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई सशंकित गराएको छ । तसर्थ अनलाइन टिभी र इन्टरनेट प्लेटफर्मका सम्बन्धमा आफ्नो स्पष्ट धारणा बनाएर अगाडि बढ्न महासंघ सरकारलाई आग्रह गर्दछ ।

त्यसैगरी महासंघले संशोधनमा भएको अर्को व्यवस्थाले विदेशमा उत्पादित सामग्री प्रसारण गर्दा पूर्व स्वीकृति लिनुपर्ने अवस्था सृजना गरेको बताएको छ । नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरिसकेको अवस्थामा सञ्चारमाध्यममा सामग्री प्रकाशन, प्रसारण गर्ने कुरा असंवैधानिक र अव्यवहारिक ठहर्छ । यसरी कानुनहरु संशोधन गर्दा सरोकारवालाहरूसँग छलफल गरी सर्व स्वीकार्य बनाउनेतर्फ सरकारले ध्यान पु¥याएको देखिएन । यो सन्दर्भमा पनि हामी सरकारको ध्यानाकर्षण गर्दछौं,ु विज्ञप्तिमा भनिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports