आउदो स्थानीय चुनावमा ७२ दलले सबै स्थानीय तहमा उम्मेदवारी दिने
वि.सं.२०७८ फागुन २३ सोमवार १७:३४
shares

आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशै भरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दल मध्ये ७२ दलले देशभरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका हुन् । आयोगले सोही अनुसार तयारी गरिरहेको उनको भनाई छ ।
यति बेला मतदाता नामावली माथि दावी विरोधको प्रक्रिया चलिरहेको बताउँदै १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरुमा पठाइएको बताए । मृत्यु भएका, बसाई सराई गरेर अन्यत्र गएकाहरूको बारेमा उजुरी पर्यो भने ति नाम मतदाता नामावली बाट हटाइने सहप्रवक्ता अर्यालले जानकारी दिए ।आयोगले चैतको साता देखि निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरेको छ । हाल निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री खरिद प्रक्रिया चलिरहेको आयोगको भनाइ छ ।






























