२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तिन पदमा ४६ जनाको दाबेदारी, कस्ले मार्ला वाजी

663
shares

नेपाल प्रहरीमा एआइजीको बढुवा सिफारिस भए सँगै डिआइजी बढुवाको बाटो खुलेको छ । तर, डिआइजी बढुवा एआइजी भन्दा पेचिलो हुने देखिएको छ ।

रिक्त हुने डिआइजीको तीन पदमा ४६ एसएसपी बीच प्रतिस्पर्धा छ । अब बढुवा हुने मध्ये १ वर्षपछि आइजिपी चयन हुने भएकाले पनि यो बढुवामा अस्वभाविक चलखेल देखिएको छ ।बरिष्ठता र निष्पक्षताका साथ बढुवा गरेमा सिनियर टोलीका एसएसपी डिआइजी हुनेछन् । जसमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी, मसाउँद आलम खाँ र प्रदिप कुमार श्रेष्ठ छन् । यस अघि पनि बढुवामा छुटेका उनीहरू अहिले पनि बढुवाको प्रतिस्पर्धामा कमजोर देखिएका छन् । किनकी उनीहरु पछिको एक सय ८ को टोलीका अधिकृत राजनीतिक पहुँचमा शक्तिशाली छन् ।

डिआईजी बढुवाको सबै भन्दा बलिया १७ जना छन् । जसमा सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेक बहादुर तामाङ, बसन्त बहादुर कुँवर र भिम प्रसाद ढकाल छन् । उनीहरु तीन वर्ष अघि एकै पटक एसएसपी भएका हुन् । उनीहरु पछि १७ जनाको टोली छ । जसमा वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, नवराज भट्टराई, लालमणि आचार्यय यज्ञबिनोद पोखरेल, हृदय थापा र चन्द्रकुबेर खापुङ छन् ।

त्यस्तै गत वर्ष मात्र बढुवा भएका कृष्ण कुमार महत, गोविन्द कुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोख्रेल छन् । उनीहरुको टोलीको सम्भावना कमजोर छ । आगामी १८ बैशाखमा नियुक्त हुने महानिरीक्षकले ११ चैतमा अवकाश पाउँछन् । त्यसप छिको आइजिपीमा अहिले १०८ र ११० को टोलीबाट हुनेछ । सोही कारण एआइजी भन्दा डिआइजी बढुवा पेचिलो बनेको हो । अर्काे तर्फ जुनियरहरु पैसा बोकेर बढुवाको दौडधुपमा लागेकाले पनि केही इमान्दार अधिकृत माथि अन्याय हुने सम्भावना बढेको छ ।

तीन वटा पदमा मात्र बढुवा गर्न कठिन भएकाले चुनाव पछि मात्र डिआइजी बढुवा हुने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । चुनावप पछि डिआइजीका दुई दर्जन पद रिक्त हुनेछन् । त्यस्तो अवस्थामा बढुवाका मुख्य दाबेदारहरुलाई प्रदेश प्रहरी कार्यालयको इन्चार्जमा पठाउने बारे समेत छलफल भइरहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports