तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले विभिन्न सरकारी निकायहरुमा नियुक्ती दियो

494
shares

सरकारले विभिन्न सरकारी निकायहरुमा नियुक्ती दिएको छ | स्थानीयतहको निर्वाचन अघि अगावै आधा दर्जन बढी सरकारी नियुक्ती दिएको हो |

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोक सेवा आयोग तथा न्याय सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीका पदहरुमा नियुक्त तथा पदस्थापन गर्ने निर्णय गर्नाका साथै नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिका लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन, राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरवराज रेग्मी र नापी विभागका उपमहानिर्देशक करुणा केसी, नेपाल राजश्व परामर्श समितिको सदस्यमा लेखनाथ शर्मा पँगेनी र डा जीवन अंगाई, दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

सरकारले जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकार बाट प्रदान गरिने सम्मान ग्रहण गर्न स्वीकृत दिने र चितवन इन्जिनियरिङ क्याम्पस रामपुरलाई ब्याचलर अफ आर्टिटेक्चरमा विद्यार्थी सङ्ख्या २४ सहितको नयाँ कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी मान्यता पनि प्रदान गरेको छ । सरकारले निर्वाचन आयोगले स्थानीयतहको निर्वाचनको लागि आचार संहिता जारी गर्नु भन्दा अघि सरकारी नियुक्ती दिएको हो |

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports