विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवा वनारस जाने, आज स्वदेश फर्किने

585
shares

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । काठमाडौं फर्किनु अघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्ली बाट बनारस प्रस्थान गर्ने छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ । भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports