२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको मेयर पदमा स्वागत नेपाल पार्टी बाट भुवन केसीले उम्मेदवारी दिने

910
shares

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फ बाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् ।

पार्टीको मंगलबार साँझ काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । यस्तै केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि अभिनेता केसी राप्रपा प्रवेश गर्न लागेको चर्चा चले पनि अन्ततः उनी स्वागत नेपाल नेतृत्वको पार्टी बाट उम्मेदवार बन्ने निर्णय गरेका छन् ।उक्त पार्टीको तर्फ बाट रेश्मा लामालाई काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेदवार चयन गरिएको छ ।

उन्नत लोकतन्त्र पार्टीको चुनाव चिन्ह खुला किताब रहेको छ । उक्त पार्टीका सबै उम्मेदवारले आफ्नो सम्पत्ति विवरण पहिले नै सार्वजनिक गरेर मात्रै उम्मेदवारी दर्ता गर्न पाउने पनि बैठकले निर्णय गरेको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports