२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेमा केन्द्रीय संदस्यमा मनोनीत भएका सदस्यहरूको शपथ भोली हुने

195
shares

काठमाडौं । नेकपा एमालेले असोजको पहिलो साता मनोनीत गरेका केन्द्रीय सदस्यहरुको शपथ ग्रहण भोलि असोज १५ गते बिहीबार हुने भएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थियो ।
उनीहरुको शपथ ग्रहण १५ गते बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । मनोनीत भएका केन्द्रीय कमिटी सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा , नरेन्द्र भट्टराई, शिवमाया तुम्वाहाम्फे , कौशिला खत्री, जानुका सिम्खडा, बिना बास्तोला रहेका छन् ।

यसैगरी मनोनीत हुनेहरुमा नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य , शान्तिलाल महत , पोल्तेन छेपाङ गुरूङ , प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे छन् ।त्यसैगरी अन्य पार्टीबाट समायोजन भएकाहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अंसारी, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले तामाङ, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्ट रहेका छन् ।

सोही केन्द्रीय कमिटी बैठकले ७ जना नेतालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । स्थायी कमिटी चयन भएका सदस्यहरूमा ईश्वर पोखरेल (काठमाडौ), प्रदिप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports