प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानको संसद विघटन अदालत द्धारा बदर

611
shares

एजेन्सी । पाकिस्तानको सर्वाेच्च अदालतले नेशनल असेम्बली (संसद्) विघटनको निर्णय बदर गरेको छ । उपसभामुख कासिम सूरीले गरेको फैसलालाई असंवैधानिक ठहर गर्दै सर्वोच्चले उक्त निर्णय बदर गरिदिएको हो ।

सर्वाेच्चले सुनाएको सो फैसलालाई इमरान खान नेतृत्वको सरकारका लागि ठूलो झटका भएको बताइएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई संसद् भंग गर्ने सुझाव दिन नसक्ने सर्वाेच्च अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ । यो फैसला सँगै सर्वाेच्च अदालतले सभामुखलाई आगामी अप्रिल ९ तारिखका दिन संसद्को सत्र बोलाउन आदेश दिएको छ । सर्वोच्च अदालतले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गराउन भनेको छ । प्रारम्भिक आदेश आउने भएपछि सर्वोच्च अदालत बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै सीसीटीभी क्यामेरा समेत जडान गरिएको थियो ।

यसअघि प्रधानमन्त्री इमरान खानले विश्वासको मत नपाउने निश्चित भएपछि उपसभामुख कासिम खान सुरीले प्रस्तावलाई नै खारेज गरिदिएका थिए । अविश्वासको प्रस्ताव खारेज भएकै दिन गएको आइतवार प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports