kumari
stcnepal

कस्तो रहला आजको मौसम

काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 

 

 

footer