kumari
stcnepal

आज ३० अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली छायो

काठमाडौं । लगातार घटेको बजारमा आज भने ३० अंकले बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ०२ अंकले बढेर २,४१५ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज १६४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २४ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज सबै उपसूचकमा हरियाली छाएको छ । आज दिनभरिमा २२९ वटा कम्पनीको ३३ करोड ९८ लाख ६४३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५ करोड द्द१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आरएमडिसी लघुवित्तका लगानीकर्ताले ८ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

 

 

 

footer