पूर्वसचिव र अवकाश प्राप्त जर्नेल सहितका ब्यक्तिहरू राप्रपामा प्रबेश
वि.सं.२०७९ वैशाख ६ मंगलवार ०९:५७
shares

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव केदारबहादुर अधिकारी सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । सोमबार आयोजित एक कार्यक्रम बीच उनी राप्रपामा प्रवेश गरेका हुन् । पर्यटन मन्त्रालयको सचिव बाट अवकाश भएका अधिकारी केही समय काठमाडौं महानगरपालिकको प्रमुख प्रशासकीय अधिकृत समेत भएका थिए ।
उनलाई राप्रपा अध्यक्ष राजेन्द लिङ्देन, महामन्त्री धवल शमसेर जबरा लगायतले पार्टीमा स्वागत गरे । सोही कार्यक्रममा नेपाली सेनाका अवकाश प्राप्त उपरथी शशिचन्द्रबहादुर सिंह, मिर्गौला रोग विशेषज्ञ डा. अर्जन शमसेर राणा, स्त्री रोग विशेषज्ञ डा. सूर्यबहादुर गुरुङ लगायतका विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरु राप्रपा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
सोमबारै राप्रपाको नगरस्तरीय भेलाले काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा धुर्व खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।






































