विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय आयल निगमले पठायो इन्धनको नयाँ मूल्य सूची

559
shares

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको मूल्य घटबढ गरेर पठाएको छ। वैशाख ३ गते नेपाल आयल निगमलाई आइओसीले पेट्रोलमा मूल्य कम भएको र डिजेल तथा हवाई इन्धनको बढेको मूल्यसूची पठाएको निगमले जानकारी दिएको छ।

निगमद्वारा जारी विज्ञप्तिका अनुसार आइओसीले पेट्रोल लिटरमा ४.७९ रूपैयाँ घटाएर पठाएको छ। त्यस्तै डिजेलमा २.०२ रूपैयाँ र हवाई इन्धनमा ०.३८ रूपैयाँ बढेर आएको छ।भारतले नयाँ मूल्यसूची पठाए पनि नेपालमा इन्धनको मूल्य हेरफेर हुन्छ कि हुँदैन भन्ने बारे अहिले सम्म निगमले जानकारी दिएको छैन।

यसका बाबजुद निगमलाई आगामी १५ दिनमा करिब तीन अर्ब ७४ करोड रूपैयाँ घाटा हुने देखिएको विज्ञप्तिमा उल्लेख छ। आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १८.१६ रूपैयाँ र डिजेलमा ३०.०५ रूपैयाँ घाटा हुने देखिएको छ। हाल पेट्रोल लिटरको एक सय ६० र डिजेल एक सय ४३ रूपैयाँमा बिक्री भइरहेको छ।

त्यस्तै प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई नौ सय ५१.४५ रूपैयाँ घाटा हुने निगमले जनाएको छ। निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा लिटरको ६.६७ रूपैयाँ, हवाई इन्धन आन्तरिक तर्फ १६.७६ रूपैयाँ र बाह्य तर्फ ६८.२१ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports