kumari
stcnepal

आज थप १३ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १३ जनामा संक्रमण पुष्टि भएको हो।


३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ५२८ जनाको पिसिआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर ३१८ जना सक्रिय संक्रमित छन्।बुधबार २५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमण बाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

 

 

 

footer