प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्रीको अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन

533
shares

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्र भित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार विस्फोटमा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको प्रजिअ उपाध्यायले बताए ।

अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । प्लान्टमा कार्यरत अन्य श्रमिकलाई भने प्रहरीले उद्धार गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports