प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

806
shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको छ । ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।’

मन्त्रालयले कोरोना विरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा लगाउन पनि अनुरोध गरेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports