kumari
stcnepal

समालिन खोज्दै नेप्से, बाउन्स व्याकको कोसिस

काठमाडौं । शेयर बजार एक वर्ष अवधिकै सर्वाधिक तल्लो विन्दु नजिक पुगेर बाउन्स व्याक भएको छ । प्राविधिक विश्लेषकहरुले अहिलेको वियरिस ट्रेण्डको तल्लो विन्दु २२५० देखि २२८० सम्म हुन सक्ने अनुमान गरेका थिए । विश्लेषकहरुले भने जस्तै आज नेप्से सूचक २२८७ अंक सम्म तल झरेर फर्किएको हो ।

आजै नेप्से सूचक ४० अंक सम्मले तल झर्यो । यसरी ४० अंकको बाउन्स व्याक भएर ४.४९ अंकले सुधार भएको छ । साताको अन्तिक कारोबार दिनमा अधिकाम्स सूचक हरियो भएर बन्द भएको छ । अन्तिम समयमा सूचकमा सुधार देखिएकाले कारोबार रकम एक अर्ब ६२ करोड रुपैयाँमै सिमित भएको छ । बाणिज्य बैंक, विकास, फाइनान्स, निर्जीवन र म्युचुअल फण्डको सूचक घटेका छन् भने बाँकी सूचकमा सुधार देखिएको छ । सर्वाधिक धेरै बढ्ने क्रममा ग्रिन भेन्चर र जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ ।

यदि शेयर बजार आइतबार पनि सुधार देखियो भने अहिलेको वियरिस ट्रेण्डको अन्तिम विन्दु आजैको हुने विश्लेषकहरुको भनाई छ । तर बजार सुधारका सैद्धान्तिक आधारहरुमा खासै परिवर्तन नभएको हुँदा लगानीकर्ताको मनोविज्ञान सुधार हुने देखिदैन ।

 

 

 

footer