सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी पास गरेकोमा अमेरिकी सांसदहरुले नेपालको संसद प्रति आभार व्यक्त

481
shares

काठमाडौं। नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसद प्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैत्री समूह सँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फ बाट प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा लगायतका लागि एमसीसी अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राखेको डा.मिनेन्द्र रिजालले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए  भने नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताए ।


समूहका संयोजक डा.रिजालले भने, ‘नेपालको समृद्धिका लागि, नेपालको जनजीविकाको लागि र नेपालको समावेशी विकासका लागि सहयोग पुर्याउने क्रममा दुवै पार्टीका सांसदको सहयोग रहनेछ, जुनसुकै सरकार भएपनि । त्यो सहयोग निरन्तर रुपमा रहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नवीकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, दक्षिण एसियाका लागि भन्ने कुरा हामीले राख्यौं । त्यसमा उहाँहरुले सन्तोष व्यक्त गर्नुभयो । अनि नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पुर्याएको सहयोगको बारेमा कुरा गरियो  र, उहाँहरुले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।’

दुई मुलुक बीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरु नेपाल भ्रमणमा आएका हुन् । भ्रमण टोलीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्का सँग शिष्टाचार भेटगरी द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports