नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज देखि कन्सट्रक्सन होलिडे गर्दै नेपाल निर्माण व्यवसायी महासंघ

455
shares

काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आज आएको भन्दै एकै पटक करिब ३ हजार ५ सय निर्माण साइटका काम बन्द गरेका छन् । अत्यावश्यक काम बाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले आज आइतबारदेखि ‘कन्सट्रक्सन होलिडे’ गरेको हो ।

महासंघका अध्यक्ष रबि सिंह पुलको निर्माण, सडक कालोपत्रे, नदी नियन्त्रण बाहेकका ३ हजार ५ सय आयोजनाहरुमा काम बन्द भएको बताउाछन् । सिंहका अनुसार केही महिना देखि पेट्रोलियम पदार्थ -डिजेल, बिटुमिन, पेट्रोल, ग्याास) फलामजन्य निर्माण सामग्रीहरु छड, ग्याबिन तार, पाता, आइरन ब्लेड लगायतका विभिन्न निर्माण सामग्रीहरुको अप्रत्यासित रुपमा अत्यधिक मूल्य वृद्धि भएको छ ।

यस्तो मूल्य वृद्धिको सम्बोधन नभए सम्म निर्माण व्यवसायीहरुले आर्थिक रुपले निर्माणका काम सञ्चालन गर्न नसक्ने उनले बताए । ‘अप्रत्यासित रुपमा भएको मूल्य वृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन नं.-१ जारी गरी निर्माण कार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यसपटक पनि मूल्य समायोजन मार्गदर्शन नं-२ जारी गर्न पटक-पटकको अनुरोध गरका छौं,’ उनले भने, ‘सरकारले हाल सम्म पनि सम्बोधन नगरेको हुादा आन्दोलनमा उत्रिन लागेका हौं ।’

वृद्धि भएको मूल्य वृद्धिको क्षतिपूर्ति हुने गरी एकमुष्ठ रुपमा ठेक्काहरुको मूल्य समायोजन गर्नुपर्ने व्यवसायीहरुको माग छ । निर्माण सामग्रीहरुमा भएको अत्यधिक मूल्य वृद्धिको सम्बोधन नभए सम्म वा मूल्य वृद्धि नियन्त्रण भएर सामान्य अवस्था नभए सम्मको अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ को रुपमा लिएर सबै निर्माण कार्यहरु बन्द गर्न महासंघले निर्माण व्यवसायीलाई अनुरोध गरेको बताए ।

कन्स्ट्रक्सन होलिडेस सुरु भएपछि १३ वैशाख देखि जिल्ला स्थित निर्माण व्यवसायी संघहरुले जिल्ला प्रशासन कार्यालयमा र ७ वटै प्रदेश महासंघहरुले आ-आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा प्रत्येक दिन बिहान ११ बजे देखि दिउासो १२ बजे सम्म दैनिक एक घण्टाका दरले धर्ना दिने कार्यक्रम छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports