नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भक्तपुर र ६ महानगरका मतपत्रको अलग्गै डिजाइनमा एमालेले जनायो आपत्ति

468
shares

काठमाडौं ।नेकपा एमालेले निर्वाचन आयोगले भक्तपुर जिल्लाका चार पालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने भनेर सार्वजनिक भएको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । एमालेले आइतबार यस बारे निर्वाचन आयोगलाई ध्यानकर्षण पत्र नै बुझाएको छ ।

‘भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेको उम्मेदवार बाहेक अन्य उम्मेदवारको निर्वाचन चिन्ह हटाई मतपत्र छपाई हुने भनी हिजो केही अनलाइन मिडियामा प्रकाशित समाचार प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ’, एमालेले भनेको छ, ‘केही दिन अघि गठबन्धन दलका केही शीर्ष नेताहरुको अभिव्यक्ति यस समाचार सँग मिल्दोजुल्दो देखिन्छ । अनलाइनहरुले आयोगको सुत्रका अनुसार भनी प्रकाशित गरेको यो समाचार यदि सही हो भने अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरूलाई मात्र फाइदा पुग्ने आशय प्रेरित छ ।’

एमालेले निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्न हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोग बाट हुने छैन भन्ने कुरामा विश्वस्त रहेको पनि जनाएको छ । यद्यपि प्रकाशित समाचारहरूले आम जनतामा गम्भीर प्रश्न उत्पन्न भएको हुँदा यसप्रति आयोगको ध्यानाकर्षण गर्दछौं। स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको आयोग बाट कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जन तरिका अपनाइएको हो सोही बमोजिम नै व्यवस्था मिलाउन हुन अनुरोध समेत गर्दछौं’, आयोगलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports