सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षका उम्मेदवार निर्विरोध

520
shares

सुर्खेत ।डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा नेकपा एमाले बाट अध्यक्षमा धावासम्डुक लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

अध्यक्षमा लामा सहित गाउँपालिकामा प्यानल नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा छार्काताङ्सोङ लामा निर्वाचित भएका छन् । उनी नेकपा एसका हुन् । गाउँपलिकाको १ नम्बर वडाध्यक्षमा जिक्मेछोइङ लामा, ३ नम्बर वडाध्यक्षमा पेमागिर्मे गुरुङ, ५ नम्बर वडाध्यक्षमा कार्मातार्के गुरुङ, ६ नम्बर वडाध्यक्षमा रिग्जिन गुरुङ, ७ नम्बर वडाध्यक्षमा पेमाछिरिङ गुरुङ र ९ नम्बर वडाध्यक्षमा सार्के लामा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन कार्यालयले भने रुजु भइरहेको जनाएको छ । यसअघि काइके गाउँपालिकामा नेकपा एसका अध्यक्ष निर्विरोध भएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports