आज नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन : मौसम सफा रहने
वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:१३
shares

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति भने कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।




































