माओबादीका उम्मेदवार नै एमालेमा प्रवेश
वि.सं.२०७९ वैशाख १६ शुक्रवार ०७:२२
shares

रसुवा ।रसुवामा नेकपा माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज तथा पालिका अध्यक्षका उम्मेदवार तेन्जिन छेसाङ तामाङ एमालेमा प्रवेश गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादी बाट उम्मेदवारी दर्ता गराएका थिए ।
बिहीबार आयोजित एक कार्यक्रम बीच तामाङ सँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका हुन् । एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
एमाले नै सशक्त भएकाले माओवादी बाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङको भनाइ छ । एमाले शीर्ष नेताहरू सँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उनले बताए ।



































