माओबादीको उपमेयर एमालेमा प्रवेश
वि.सं.२०७९ वैशाख १६ शुक्रवार ०७:३०
shares

कैलाली । गोदावरी नगरपालिका कैलाली बाट माओवादी केन्द्र को तर्फ बाट उपमेयरको उम्मेदवार बनेकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी छन् । उनलाई बिहीबार अत्तरियामा एमाले केन्द्रीय सचिव एवम् सुदुरपश्चिम का इन्चार्ज लेखराज भट्टले पार्टी मा प्रवेश गराएका हुन् ।
खड्का ले १२ गते माओवादी केन्द्रको तर्फ बाट उपमेयर मा मनोनयन दर्ता गराएकी हुन् । तीन दलीय गठबन्धनको सहमतिको अनुसार उक्त नगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो । एमाले मै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन ।




































