linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आजको मौसम

598
shares

काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सात वटै प्रदेशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको छ । दिउँसो देशभर नै केही स्थानमा मेघगर्जन र चट्याङ्स हित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली देखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बंगालको समथल भू–भाग सम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । सोमबार सम्म हल्का वर्षा र मौसममा बदली हुने र मंगलबार बाट मौसम खुल्ने मौसमविद्हरुले बताएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports