गृहमन्त्री खाँण निर्वाचनको सुरक्षा व्यवस्था बारे जानकारी लिन राजविराजमा
वि.सं.२०७९ वैशाख २२ बिहीवार ०८:४९
shares

राजविराज ।गृहमन्त्री बालकृष्ण खाँण निर्वाचनको सुरक्षा व्यवस्था बारे जानकारी लिन आज बिहान सप्तरी आइपुगेका छन् ।
निर्वाचन सुरक्षा बारे आज बिहान ११ बजे राजविराजको आइगार्डेन होटलमा आयोजना हुने गोष्ठीमा मन्त्री खाँण सहभागी हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । गोष्ठीमा सप्तरी, सिरहा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहने छ ।
विराटनगर बाट बिहानै सप्तरी आएका गृहमन्त्री खाँणले छिन्नमस्ता मन्दिरमा पूजाआजा गरेका थिए । त्यसपछि उनले स्थानीय कांग्रेसका उम्मेदवार र पार्टी कार्यकर्ताहरु सँग भेटघाट गरेका थिए ।

































