विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचनको दिन बैशाख ३० गते आन्तरीक हवाई उडान बन्द हुने

507
shares

काठमाडौं ।स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् ।

निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । सो क्रममा हवाई यातायात समेत बन्द हुने भएको हो । यद्यपी अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित हुनेछन् । निर्वाचन आयोगले यो दिन विदेश जाने यात्रुको सहजिकरणका लागि सवारी साधनलाई समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ ।

निजी सवारी साधनले जिल्ला प्रशासन कार्यालय बाट पास लिनु पर्छ । तर, सार्वजनिक यातायात भने चलाउन पाइँदैन ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports