हेटौंडाका राप्रपाका नेता अधिकारीले चुनावको मुखमा त्यागे पार्टी
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १५:४५
shares

काठमाडौं ।हेटौंडाको मेयर पदमा टिकट नपाएपछि राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पार्टी परित्याग गरेका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपा बाट अलग भएको घोषणा गरेका हुन् ।
‘राप्रपामा क्रियाशील भई जीवनका ऊर्जाशील समय व्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोही सँग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथीहरु सँग नजिक भएँ’अधिकारीले भनेका छन्, ‘माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथीहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्ति सँग कुनै मूल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपा बाट अलग हुने निर्णय लिएको छु ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




































